अर्जुनधारा ।। फागुन २।।अर्जुनधारा नेपाल शिक्षक संघ अर्जुनधारा नगर समितिले नगर प्रतिनिधि सभा २०८२ सम्पन्न गरेको छ । नेपाल शिक्षक संघ संघीय कार्यक्रम अन्तर्गत प्रत्येक बर्ष गरिदै आएको यो सातौं प्रतिनिधि सभा नगर अध्यक्ष सुजाता शिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको हो ।
शिक्षकहरुको हकहित र अधिकार साथै प्राबिधिक एवम् गुणस्तरीय शिक्षाका लागी शिक्षकहरुले कुनै पनि साना कुरामा नअल्झिकन विद्यार्थी र अभिभावकको मन जित्न सफल हुन कुसल दक्ष हुनु पर्नेमा जोड दिन कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक संघ संघीय प्रतिनिधि एवम् प्राबिधिक समिति केन्द्रिय सदस्य रुपक दाहालले बताउनु भयो।
यसै गरि बिशिस्ट अतिथि नेपाल शिक्षक संघ जिल्ला सदस्य तुलसा खरेल,तेजस्वी पौडेल र निर्मला पोख्रेल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
शिवालय मन्दिर अर्जुनधाराको सभाहलमा संचालित कार्यक्रममा स्वागत प्रदेश प्रतिनिधि सदस्य गङ्गा पोख्रेलले गर्नु भएको कार्यक्रमको सहजीकरण सचीव टंक न्यौपानेले गरेको थिए ।



