25.1 C
Kathmandu
Thursday, April 16, 2026
spot_img

अर्जुनधारा नगरपालिकाले एस इ ईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई उच्च शिक्षा निशूल्क गराउने

झापाको अर्जुनधारा नगरपालिकाले आसन्न एसइइ परीक्षामा ४ जिपिए अंक ल्याउने विद्यार्थीलाई उच्च शिक्षा निशूल्क उपलब्ध गराउने भएको छ ।

नगरकै शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले एसइइ परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई प्रोत्साहन गर्न नगरपालिकाले योजना ल्याएको नगर प्रमुख बलदेवसिंह गोम्देनले बताए ।

नगरमा रहेका निजी तथा संस्थागत माध्यमिक विद्यालयका विद्यार्थीसँग भेट गर्दै नगर प्रमुख गोम्देनले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार कम्तिमा ३.६ जिपिए अंक ल्याउने विद्यार्थीलाई कक्षा ११ मा अनलाइन ट्यूसन निशूल्क गराइने भएको छ ।

परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थीलाई कक्षा ११ र १२ मा निशूल्क अध्ययन गर्ने व्यवस्था नगरपालिकाले गर्ने उनको भनाइ छ । यस्तै, लोक सेवा आयोगको तयारीमा जाने विद्यार्थीलाई ५० प्रतिशत शूल्क नगरपालिकाले व्यहोर्ने पनि उनले बताए ।

नगर प्रमुखसहितको टोलीले आज १० वटा विद्यालयमा पुगेर विद्यार्थीसँग साक्षात्कार गरेको थियो । अर्जुनधारामा निजी तथा सामुदायिक गरी २८ वटा माध्यमिक विद्यालय रहेका छन् ।

नगर प्रमुख गोम्देनले यसअघि जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका स्वर्ण पदक विजेता खेलाडीलाई स्वास्थ्य विमा र एक वर्ष निशूल्क अध्ययनको घोषणा गरेका थिए ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार