25.1 C
Kathmandu
Thursday, April 16, 2026
spot_img

विश्वविद्यालयको पूर्वाधार विकास,शैक्षिक कार्यक्रम विस्तारबारे छलफल

कैलाली ll १३ फागुनll सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन पश्चात सुदूरपश्चिमका जनताले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री शाह र सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीबीच आज यहाँ विश्वविद्यालय सञ्चालनका सम्बन्धमा भएको छलफलमा उहाँले सुदूरपश्चिमका जनतामाझ गुणस्तरीय स्वास्थ्य सेवा पहुँच पु-याउन सो विश्वविद्यालय छिटो सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

विश्वविद्यालय सञ्चालनका लागि सहयोग गर्न प्रदेश सरकार तयार रहेको उहाँको भनाइ थियो । विश्वविद्यालयको पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन तथा शैक्षिक कार्यक्रम विस्तारबारे छलफल भएको थियो । छलफलमा विश्वविद्यालयका उपकुलपति प्राडा सुनिलकुमार जोशी, रजिस्ट्रार प्राडा खेमराज जोशी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याललगायतको सहभागिता थियो ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार