काठमाण्डौ । चैत्र १९ ।। प्रतिनिधिसभाको आजको बैठकमा सांसद महावीर पुनले अहिले सञ्चालनमा रहेका १८ वटा विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट टाढा राख्दै शैक्षिक गुणस्तर सुधारमा केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद पुनले विद्यालय शिक्षामा देखिएका विभिन्न विकृतिलाई सुधार गर्न शिक्षा नियमावलीमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै विद्यालय व्यवस्थापन समितिमा राजनीतिक प्रभाव बढ्दै गएकोप्रति चिन्ता समेत व्यक्त गर्नुभयो ।
उहाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मा राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाले नेपालमा विज्ञान तथा प्रविधिको प्रवर्द्धनलाई प्राथमिकता दिएर युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने भन्न्भएको छ। विज्ञान र प्रविधिको विकासविना देश आर्थिकरूपमा अघि बढ्न सक्दैन’, उहाँले भन्नुभयो ।



