25.1 C
Kathmandu
Thursday, April 16, 2026
spot_img

साताको दुई दिन विद्यालय बिदा हुने सूचना भ्रामक र कपोलकल्पित रहेको स्पष्ट: मन्त्रालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाहरूमा साताको दुई दिन सार्वजनिक बिदा हुने भनी सामाजिक सञ्जालमा फैलिएको सूचना पूर्णतः भ्रामक र कपोलकल्पित रहेको स्पष्ट पारेको छ। 

‘अप्रिल फुल’को सन्दर्भ पारेर केही व्यक्तिहरूले मन्त्रालयको नाम र लोगो दुरुपयोग गर्दै अब शनिबार र आइतबार दुई दिन विद्यालय बिदा हुने भनी फैलाएको सूचनाप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त सूचनामा कुनै सत्यता नभएको उल्लेख गरिएको छ। मन्त्रालयको निर्णय, कारण र उद्देश्यसमेत उल्लेख गरी आधिकारिक जस्तो देखिने गरी बनाइएको सो सूचनाले आम विद्यार्थी, अभिभावक र शैक्षिक संस्थाहरूमा अन्योल सिर्जना गरेको भन्दै मन्त्रालयले यस्ता भ्रामक कुराको पछि नलाग्न सबैमा अनुरोध गरेको छ । 

मन्त्रालयले सरकारी कागजात, छाप र हस्ताक्षरको दुरुपयोग गरी गलत सन्देश प्रवाह गर्नु गम्भीर अपराध भएको जनाएको छ । यस्तो भ्रामक एवं मिथ्या सूचना सम्प्रेषण गर्ने व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुन बमोजिम कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई अनुरोध समेत गरिएको छ । 

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार